
विराटनगर । पोखरा घुम्न निम्ताे बाँड्दै पोखराका पर्यटनकर्मी देशका विभिन्न सहरमा पुगेका छन् ।मङ्सिर २७ गते देखि पुस २ गते सम्म २७ औँ पोखरा सडक महोत्सवमा सहभागी हुन निम्ता बाँड्दै हिँडेको पोखरेली पर्यटनकर्मीहरूको टोली शनिवार कोशी प्रदेश आइपुगेको छ ।
सो टोलीले पर्यटन व्यवसायी , पत्रकार , स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्ता गरे ।
पोखरामा रहेर होटल ट्राभल तथा साहसिक पर्यटनमा काम गरिरहेकाहरूले पोखराको महत्वका बारेमा जानकारी दिँदै हिँडेको टोली कोशी प्रदेशका इटहरी धरान विराटनगर लगायतका सहरमा पुग्दै पोखरा आउन निम्ताे गरे ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका अध्यक्ष गोपीचन्द्र भट्टराईले पोखरा प्रवर्धन कार्यक्रमका लागि कोशी प्रदेशमा आइपुगेको बताए ।
उनले भने,‘२७ औँ पोखरा सडक महोत्सव आउन लागेको छ । यो पोखराको मात्रै नभएर गण्डकी प्रदेशकै महत्त्वपूर्ण कार्यक्रम को रूपमा विकाश हुँदै आएको छ ।’ भट्टराईले नयाँ वर्ष र क्रिसमस मा मानिसहरू घुम्न विदेश जान थालेको बताए ।
उनले भने, ‘हामी विदेश घुम्न जाने पर्यटकलाई नयाँ वर्षको अवसरमा पोखरा घुम्न आउनुस् भन्न यहाँ आइपुगेका छौँ । उनले सडक महोत्सवका बारेमा जानकारी दिनु र धेरै भन्दा धेरै पर्यटक पोखरा लैजानु नै हाम्रो उद्देश्य रहेको बताए । उनले पोखरामा पर्यटन संस्कार रहेको भन्दै सरकार र निजी क्षेत्रकाबीचमा सहकार्य आवश्यक रहेको बताए ।
उनले भने,‘कुनै पनि काम गर्न सरकार आवश्यक छ । हामीसँग पोखरा महानगर पालिका र प्रदेश सरकार सँगै छ । त्यस कारणले पनि पोखराको पर्यटन व्यवसाय राम्रो हुँदै गएको छ । कुनै पनि कुराका लागि सरकार आवश्यक हुन्छ । त्यो बाहेक हामी पनि युनिफाइड छौँ । हामी पोखरा पर्यटन परिषद् मार्फत पोखराको पर्यटन विकाशका लागि काम गरिरहेका छौँ ।’
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवा तालको किनार लेक साइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा पोखरा सडक महोत्सव २७ वर्षदेखि आयोजना हुँदै आएकाले सो कार्यक्रममा निम्ता बाँड्न देश भरि हिँडेको रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए ।
सो टोली इटहरी धरान विराटनगर जनकपुर चितवन र काठमाडौँ मा निम्ताे बाँड्न जाने गौतमले बताए ।“सडक मै खाऊ, सडक मै नाचौँ, सडक मै रमाऊँ’ भन्ने मूल नाराका साथ खाना, संस्कृति र सङ्गीतलाई प्रवर्द्धन गर्न मोहत्वको आयोजना गरिएको बताए महोत्वबका बेला विभिन्न छुट भएको समेत व्यवसायी हरुले जानकारी गराए ।

Leave a Reply