
काठमाडौं । ११ औँ महाधिवेशनको बन्द सत्र शुरू गर्नुअघि भृकुटीमण्डपमा एमाले केन्द्रीय कमिटी बैठक बसेको छ । १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटीकव यो अन्तिम बैठक हो ।
अध्यक्ष केपी शर्मा ओली भर्खरै आइपुगेको बताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले बैठक सुरू भएको बताए ।
एमालेले पुरानै विधान ब्युँताउने गरी संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ ।
बैठक सकेर मात्र बन्द सत्र सुरू हुनेछ । त्यसका लागि कम्तीमा १ बज्ने ज्ञवालीले बताए । बैठकमा केही जरुरी विषयमाथि गम्भीर तथा विस्तृतमा छलफल गर्नुपर्ने कारण बैठक लम्बिने सम्भावना रहेको उनको भनाइ छ ।
त्यतिन्जेल प्रतिनिधिहरूलाई खाजा र खानामा सहभागी हुन सूचना जारी गरिएको छ ।

Leave a Reply