वेस्ट विङ स्कुलको रजत जयन्ती : एसईईका उत्कृष्ट विद्यार्थी र शिक्षक कर्मचारीलाईसमेत सम्मान

ललितपुर । महालक्ष्मी-८, लुभुस्थित वेस्ट विङ सेकेण्डरी स्कुलको रजत जयन्ती तथा २५औँ वार्षिक अभिभावक दिवस मनाइएको छ । दुई चरणमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले सामुदायिक स्तरमा सञ्चालित विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्ने उदाहरण वेस्ट विङ सेकेण्डरी स्कुलले प्रस्तुत गरेको बताए ।

महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले वेस्ट विङजस्तो विद्यालय महालक्ष्मी नगरमै रहेकोमा खुसी व्यक्त गरिन् । विद्यालयले नगरलाई चिनाउने वातावरण बनाएको र यहाँका विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापसमेत उत्कृष्ट रहेको भन्दै उनले प्रशंसा गरिन् ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले सबल नेतृत्वका कारण विद्यालय निरन्तर उत्कृष्ट बन्दै गएको बताए ।

प्रिन्सिपल बाबुराज महर्जनले विद्यालय कक्षा-आधारित प्रणालीमा सञ्चालन भइरहेको र आगामी दिनमा अझ प्रविधि मैत्री बनाउँदै लैजाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणभक्त श्रेष्ठले विद्यालयले निरन्तर गुणस्तर वृद्धि गर्दै आएको बताए ।

विद्यालयमा हाल ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।

कार्यक्रममा एसईई २०८१ का प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू, विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थी, छात्रवृत्ति प्राप्त विद्यार्थी तथा २० वर्षभन्दा बढी निरन्तर सेवा गर्ने शिक्षक-कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *