भृकुटीमण्डपको सुरक्षा कडा

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा बन्दशत्रको तयारी शुरू भएको छ ।

उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी भइरहेका कारण ८ बजे शुरू हुने पूर्व तालिकामा सामान्य ढिलाई हुन लागेको हो ।

बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति परिचालन गरेको छ । एमालेले सोही प्रयोजनका लागि अलग्गै स्वयंसेवक दस्ता निर्माण गरेको छ । सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग किन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ ।

महाधिवेशनका कारण सार्वजनिक सडक अवरोध नहुने भएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपभित्र छिर्न बाहेक कुनै किसिमको सडक अवरोध छैन । महाधिवेशनका सहभागीका सवारीसाधन पार्किङका लागि टुडिखेलमा व्यवस्था मिलाइएको उनले बताए ।

केन्द्रीय समिति बैठक बस्ने भएकाले बन्द सत्र केही विलम्ब हुने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *