
काठमाडौं । लुम्बिनीका रुवेन ट्रम्पलम्यान नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रुवेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै ६५ रन बनाए । उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
लुम्बिनीकै कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर, विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर र लुम्बिनीका शेर मल्ल उत्कृष्ट उदीयमान खेलाडी घोषित भए । रोहितले लिगमा २७६ रन बनाए ।
सन्दीप र शेरले समान १७–१७ विकेट लिए । तिनैवटै खेलाडीले पल्सर बाइक पाए ।
लुम्बिनीका कप्तान रोहित सर्वाेत्कृष्ट खेलाडी खेलाडी बन्दै कार पनि जितेका छन् । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिए ।

Leave a Reply