
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्रका धेरै नेताहरु आफूसँग एकता संवादमा रहेको दाबी गरेका छन्।
कर्णाली प्रदेश स्तरिय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले ध्रुविकरणको पक्षमा आफूहरु पनि रहेको भन्दै बधाई दिएको बताए।
उनले भने, ‘हामीले गरेको एकता सन्देशसभालाई निकै रुचीपूर्वक अन्तर्राष्ट्रिय जगतले मसँग कसरी यो सम्भव भयो रु यो त निक्कै ठूलो कुरा हो भनेर बधाई दिनेको ताँती छ।’
१६ वटा कम्युनिस्टहरुलाई मिलाएपछि एमाले नेताहरु पनि संवादमा रहेको जिकिर गरे। एमाले महाधिवेशनमा पनि वाम एकताबारे छलफल हुने विश्वास व्यक्त गरे।

Leave a Reply