
दाङ । दाङको लमहीस्थित एक होटेलमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । आज बिहान पौने ११ बजे रातोडाँडास्थित रोयल प्यालेस होटलको कोठामा आज बिहान पौने ११ बजे पेस्तोल पड्किएको प्रहरीले जनाएको छ ।
दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार लोड गरी एसीमा राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किएको हो । पेस्तोलको गोली लागेर होटेलमा काम गर्ने १८ वर्षिय सिसम गौतम घाइते भएका छन् ।
गौतमको औलामा चोट लागेको छ । उनको अवस्था सामान्य छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार यहिँ मंसिर २० गते लमहीको जुन तारा सुनचाँदी पसलमा लूटपाट गर्ने क्रममा गोली हानिएको पेस्तोल उक्त होटेलमा लुकाइएको थियो । गोली चलाउने व्यक्ति अझैँ फरार छन् ।
प्रहरीले होटेल संचालकलाई नियन्त्रणमा लिएर होटेलको खानतलास सुरू गरेको छ ।

Leave a Reply