किरात समुदायले मनाए उधौली साकेला पर्व

काठमाडौं । किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा आज यहाँस्थित टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ ।

त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए ।

यस अवसरमा किरात यायोक्खाले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । किरात समुदायले वैशाख पूर्णिमामा उभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उधौलीमा सफल बालीका लागि भगवान्लाई  धन्यवाद दिँदै साकेला नाच्ने परम्परा छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *