
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन्।
११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको स्वाधीनताको रक्षा गर्नको लागि कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताए।
उनले भने, ‘हामीले कम्युनिस्ट एकताको प्रयास गरेका पनि हौँ। तर हामीले त्यसलाई निरन्तरता दिन सकेनौँ, त्यसलाई निरन्तरता दिन नसकेपनि त्यसबाट शिक्षा लिएर आगामी दिनमा फेरि कम्युनिस्टहरूबीचको एकताको विकल्प छैन।’
उनले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि वामपन्थीहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए। उनले अहिले आफूहरू नेपाली कम्युनिस्ट पार्टी निर्माणको अभियानमा रहेको बताए।

Leave a Reply