
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेका नेताकार्यकर्ताहरुलाई पार्टी फुट्दाको पीडा सबैले भोगेकाले यसबाट सचेत रहन आग्रह गरेका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा पाटीृबाट प्रतिनिधित्व गर्दै शुभकामना सन्देशमा उनले अहिलेको संकटको अवस्थामा ठूला दलहरु एकतावद्ध भएर जानुको विकल्प नभएको सन्देश दिएका छन् ।
‘पार्टी फुट्दा र जुट्दाको अनुभूत हामीले भोगेका छौं, त्यो हामीले पनि भोगेका छौं, एमालेले पनि भोगेको छ, अरु दलहरुले पनि भोगेका छन्, साना मनमुटाबका कारण पार्टीमा कुनै समस्या नआव् भन्ने सबै नेताकार्यकर्तामा आग्रह गर्न चाहन्छु’ उनले भने–‘महाधिवेशनमा पार्टी नेतृत्वको विषय उठ्ने भएकाले एमाले त्यसमा सचेत होस्, संकटमा सबै नेताहरुले यसमा ध्यान पुराओस् । सकेसम्म सहमतिमा नेतृत्व छानोस् नभए मैत्रीपूर्ण प्रतिस्पर्धा होस् ।’
नेता खड्काले जेनजी आन्दोलनलाई स्वार्थी समूहले प्रयोग गरेर ठूलो राष्ट्रिय सम्पति ध्वस्त पारेकाले अब एमालेसहितका दलहरुले यसप्रति सचेत हुँदै अबका योजना बनाउनुपर्ने सुझाए ।

Leave a Reply