शंकर पोखरेलको जिकिर- एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार षड्यन्त्र गरेर ढालिएको भन्दै फेरि उठ्ने बताएका छन्।

पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै खरानीको थुप्रैबाट फेरि उठ्ने एमालेले सङ्कल्प गरेको बताए।

उनले भने, ‘जनताको हृदयमा हामी गहिँरोगरी बसेका छौँ। खरानीको थुप्रोबाट फेरि हामी उठ्नेछौँ। आजको यो जनसभाले पुष्टि गरेको छ। एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भएर अगाडि बढेको छ भन्ने कुराको सन्देश यो समारोहले दिएको छ।’

उनले भदौ २३ र २४ गतेको घटनाको मुख्य जिम्मेवारको रूपमा पार्टी अध्यक्ष ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरेको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *