
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन बिहानैबाट भएको छ ।
प्रहरीले बिहानैदेखि विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुर र बम डिकेक्टर उपकरणसहित सक्रिय भएका छन् ।
भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा हुन लागेको महाधिवेशन मध्याह्न १२ बजेदेखि शुरु हुँदैछ ।

Leave a Reply