
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल० टोली पोखरा एभेन्जर्सले अन्नपूर्ण बेसक्याम्प पुगेर समर्थकहरूलाई धन्यवाद दिएको छ। एनपिएल सिजन–२ मा टोलीको यात्रा सकिएपछि पोखरा अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली बेसक्याम्प पुगेर समर्थकलाई धन्यवाद दिएको हो ।
यसअघि सिजन शुरु हुनुअघि नै पोखराले बेसक्याम्प पुगेर जर्सी सार्वजनिक गर्ने योजना बनाएको थियो । तर, मौसम प्रतिकुलताका कारण अन्तिम समयमा आएर स्थगित गर्नुपरेको थियो । सोहिअनुसार लिग सकिएपछि टोली बेसक्याम्प पुगेको हो ।
बेसक्याम्पबाट अध्यक्ष त्रिपाठीले दोस्रो सिजनमा समर्थकहरूले देखाएको माया र समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी सिजन अझै राम्रो गर्ने प्रतिवद्दता जनाए ।
पोखराले उठाउँदै आएको ‘ग्लेसियर्स म्याटर’ सम्बन्धी नारालाई निरन्तरता दिइरहने पनि त्रिपाठीले उल्लेख गरे । लिगको पाँचौ स्थानमा रहदै पोखराले यसपटकको एनपीएल टुंग्याएको थियो ।

Leave a Reply