यु–१९ एसिया कपः नेपालले  पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे शुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि भीडन्त पुस ६ गते हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *