
काठमाडौं । नेकपा एमालेले भोलि दिउँसोको लागि सचिवालयको बैठक बोलाएको छ।
महाधिवेशनको कार्यतालिका, प्रतिनिधिहरुको मनोनित, विधान संशोधनलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाल प्रेसलाई जानकारी दिए ।
एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ। यो बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्नुपर्ने तर देशैभरबाट दबाब आएको नेताहरुको भनाइ छ ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको केही दिनदेखि नेताहरुले बताउँदै आएका छन् । दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीले नै पदाधिकारीको संख्या बढ्नसक्ने, स्थायी कमिटी ब्यूँतन सक्नेगरी पार्टी चार संरचनामा रहने संकेत गरिसकेका छन् ।
तर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संशोधनको प्रस्ताव आएमा एमालेले हटाइसकेको २ कार्यकालको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लैजाने तयारी गरेको छ।
गत सोमबार नै सचिवालय बैठक राख्ने तयारीमा रहेका ओली पोखरलले अवधारणा पत्र बुुझाएपछि रोकिएका थिए। पोखरेल पक्षले सचिवालय बैठकमा अवधराणा पत्रको विषयमा पनि कुरा उठाउने भएको छ ।
महाधिवेशनको उद्घाटन शत्रको अघिल्लो दिन मात्रै बैठक बस्न लागेको हो। एमालेको ११ औँ महाधिवेशन आगामी शनिबारदेखि सुरु हुँदै छ।
भोलिको बैठकमा यसअघि नेतृत्वलाई बुझाइएको फरक प्रस्ताव पनि छलफल हुने भएको हो ।

Leave a Reply