
काठमाडौं । नेपाल प्रिमियर लिग-२ अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर दोस्रो इनिङमा विराटनगरले उत्कृष्ट बलिङ गरिरहेको छ । पावर प्लेको समाप्तिमा विराटनगरले ३ विकेट गुमाएर मात्र २८ रन बनाएको छ ।
यसअघि फाइनल प्रवेशका लागि विराटनगर किङ्गस १३५ रनको लक्ष्य पाएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
पावर प्लेको समाप्तिमा विराटनगरका मार्टिन गप्टिल, लोकेश बम, फाफ डु प्लेसी बाहिरिएका छन् । विराटनगर किंग्सले चौथो विकेट गुमाउँदा तिलक राज भण्डारीको बलमा शंकर राना आउट भएका छन् ।

Leave a Reply