
बारा । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसबाट युवा नेता नवराज त्रिपाठी उम्मेदवार सिफारिस भएका छन् ।
त्रिपाठी लामो समय नेपाल विद्यार्थी संघको राजनीति गरेका र नेविसंघभित्र ३२ वर्षे उमेरहद लगाउन आमरण अनसन बसेका युवा हुन् ।
नेविसंघपछि अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनमा उमेरहद लगाउने लहर चलेपनि सुरुवातमा नेविसंघभित्र आन्दोलन गर्नेमा त्रिपाठीको भूमिका थियो । सुरुवातमा रिले अनसन हुँदै आमरण अनसनसमेत बसेका त्रिपाठीले उमेरहदको अडान संगठन र पार्टीभित्र राखेका थिय । त्रिपाठी नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय छन्। उनी प्राकृतिक स्रोत विभागका सचिव पनि हुन् ।
त्रिपाठीसँगै प्रत्यक्ष तर्फ ९ जना सिफारिस भएका छन्। नेताहरू श्यामबाबु यादव, बृजलाल यादव, कृष्णब्रत सिङ, नवराज त्रिपाठी, शोभाकर पराजुली, राजकिशोर गुप्ता, दिपेन्द्र पटेल, हरिशन्कर कानु, कपिलदेव यदवको नाम सिफारिस भएको छ।
साथै समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ। हरि थपलिया, नारायणी रायमाझी, शोभा लामा, माधवप्रसाद उपाध्याय, विनेद मण्डल, फैज अन्सरीको नाम सिफारिस भएको हो।
राष्ट्रिय सभातर्फ अब्दुल मोतिलाल अन्सारी, प्रेम साह कनु र राधादेवी साहको नाम सिफारिस भएको छ।

Leave a Reply