एमालेमा फर्किएका यी नेता बने महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले माओवादी केन्द्रसहितको एकता निर्णय गरेपछि एमालेमै फर्किएका १७ जना महाधिवेशन प्रतिनिधि भएका छन् ।

तत्कालीन पार्टीका केन्द्रीय सदस्यसम्मलाई मात्र हाल प्रतिनिधि बनाइएको र थप केहीलाई मनोनीतभित्र समेटिने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।

तत्कालीन एकीकृत समाजवादीकी संस्थापक सचिव रामकुमारी झाँक्री, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) सहितका नेता कात्तिक २४ मा एमालेमा फर्किएका थिए । फर्किनेमध्ये केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि बनाउने निर्णय एमालेले गरेको थियोे ।

१. श्रीप्रसाद शर्मा- बाग्लुङ

२. उपेन्द्र साह- रौतहट

३ रामकुमारी झाँक्री- गुल्मी

४. कृष्णकुमार (किसान) श्रेष्ठ- बारा

५. ई. गम्भीरलाल श्रेष्ठ- सिन्धुपाल्चोक

६. पिताम्बर तिमल्सिना- तेह्रथुम

७. राजाराम स्याङ्ताङ- मकवानपुर

८. ध्रुवराज विष्ट- भक्तपुर

९. नवराज पौडेल- सिन्धुपाल्चोक

१०. अर्जुन राई- धनकुटा

११. अम्बिका राई- खोटाङ

१२. बबी चाम्लिङ राई- खोटाङ

१३. हिराकुमारी दाहाल (मीरा)- मोरङ

१४. मीनाकुमारी परियार- कपिलवस्तु

१५. लोकविक्रम थापा- कञ्चनपुर

१६. वीरेन्द्र यादव- मोरङ

१७. डा. उद्घव पोखरेल- मोरङ

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *