
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व सिध्याउन खोज्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको प्रयास सफल हुन नदिइने दाबी गरेका छन् ।
पत्रकाहरूसँगको कुराकानीका क्रममा चीन भ्रमणबाट फर्केलगत्तै सत्ता ढल्नु र कम्युनिष्टहरूलाई नेपालबाट सिध्याउने प्रयास भनेर अन्तर्राष्ट्रिय मिडियामा चर्चा हुनुको संयोगबारे जवाफ दिँदै ओलीले ती प्रयास पहिले पनि भएको बताए ।
ओली चिली, फिलिपिन्स, इण्डोनेसियालगायतका देशमा कम्युनिष्ट आन्दोलन पतन गराउन भएका घटनाको उदाहरण दिँदै नेपालमा पनि बेलाबेलामा गरिएका प्रयास असफल पारिएको बताए ।
उनले देशको विकास गर्न खोज्दा आफूहरूमाथि हमला भएको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउने दाबी गरे ।

Leave a Reply