एनपीएल–२ : विराटनगर किंग्सविरुद्ध पावर प्लेको समाप्तिमा लुम्बिनीले जोड्यो ४४ रन

काठमाडौं । नेपाल प्रिमियर लिग-२ अन्तर्गत बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले मध्यम सुरुआत गरेको छ ।

विराटनगर किङ्‍सविरुद्ध पावरप्लेको समाप्तिमा एक विकेट गुमाएर ४४ रन जोडेको छ ।

यसअघि टीयू क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । लुम्बिनी इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

यो खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *