मन्दिर व्यवस्थापनका अध्यक्ष बागमतीमा मृत भेटिए

काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका ५२ वर्षीय अध्यक्ष बैजुहरि भट्टराई बागमती नदीमा शंकमूलस्थित मृत फेला परेका छन् ।

प्रारम्भिक अनुसन्धानमा उनले मदिरा सेवन गरेको र अनियन्त्रित हुँदा खोलामा डुबेको बुझिने जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए। पारिवारिकस्रोतका अनुसार बुधबार ललितपुरस्थित यल पार्टी प्यालेसमा भोज खाएर फर्किएका थिए ।

उनी कोटेश्वरमा सञ्चालित पञ्चशील सहकारीका ॠण अधिकृत पनि थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *