इमरान खानका कट्टर समर्थक पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडौं । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी’ एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रही व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ ।

गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ । ‘लामो कानुनी कारबाहीपछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताहरूको समर्थन गुमाएपछि अविश्वास मतद्वारा हटाइएको थियो ।

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिनापछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ । यस लगतै उनलाई पाकिस्तानी सेना ऐन उल्लङ्घन गरेको पनि आरोप लगाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *