असन्तुष्टको पत्रकार सम्मेलनमा ‘सिंहदरबारमा हस्ताक्षर गरेका जेनजी’ पुगेपछि तनाव

काठमाडौं । सरकार-जेनजीबीचको सहमतिपछि असन्तुष्ट समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहदरबारमा हस्ताक्षर गर्नेहरु पुगेपछि पत्रकार सम्मेलनमा तनाव भएको छ ।

जेनजी अगुवा सुनिल सिंहले सरकारसँगको सहमतिमा हस्ताक्षर गर्नेहरु कार्यक्रममा उपस्थित भएपछि असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले सरकारसँग पनि ठिक्क विद्रोही पक्षसँग पनि ठीक्क हुने काम नगर्न आग्रह गरेका थिए । उपस्थितलाई सम्बोधन गर्दै सिंह भड्किएका थिए । ‘तपाईंको म्याण्डेडअनुसार बोल्नु पर्छ भने म बोल्दिन है साथीहरु । सुन्न सक्नु हुन्न भने बन्द गर्नुस क्यामेरा ।’  सिंहले मञ्चबाटै भने । पोडियम छाडेर हिंड्न लागेपछि साक्षात्कारमा उपस्थित निकोलस भुसालले उनलाई सम्झाएका थिए ।

‘सरकारसँग पनि हस्ताक्षर गर्ने चिया बिस्कुट खाएर आउने ? यता विद्रोही पक्षले कार्यक्रम गरेको ठाउँमा आएर अन्ट र सन्ट बोल्न जरुरी छैन,’ पोडियमबाट बोल्दै जेनजी अगुवा सिंहले भने, ‘शहीद र जेनजीको भावनाविपरीत हात मिलाएर आउने ? हात मिलाउनु हुन्छ भने जानुस् न उतै तपाईंहरुलाई कसले रोकेको छ ?’

विद्रोही पक्षले कार्यक्रम गरेको ठाउँमा पनि ‘ओभरट्याक’ गर्न खोजेको उनले आरोप लगाए । सिंहले प्रश्न गरे, ‘के गर्न खोज्नु भएको तपाईंले ?’

उनले उपस्थितलाई सोधे- ‘सिंहदरबारमा साइन गरेका साथीहरु यहाँ देख्नु भयो कि भएन ?’ उनले सोधेको प्रश्नमा भीडले सहमति जनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *