एनपीएल-२ : फाइनल प्रवेशका लागि विराटनगरले लुम्बिनीविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनी इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

यो खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *