डडेल्धुराबाट आठौँ पटक चुनाव लड्दै देउवा, एकल नाम सिफारिस

कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन् ।

नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले उनको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।

देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । २०४८ सालदेखि हालसम्म अपराजित रहेको देउवा मात्रै एक नेता हुन् ।

राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *