
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिसको सूचीमा राखेको छ । यस्तै समानुपातिक तर्फबाट तीन जनालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रत्यक्षतर्फ प्रकाशमान सिंहसँगै बाबुराम आचार्य, आदर्शविक्रम कार्की र मोहनकुमार राईको नाम सिफारिसको सूचीमा छ । समानुपातिकतर्फ धनबहादुर लामा (अन्जान), सुनिता श्रेष्ठ र शारदा लामाको नाम समावेश छ ।
नेपाली कांग्रेस क्षेत्र नं.१ का सभापति रविन्द्रविक्रम राणाले प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभामा उम्मेदवारको नाम सिफारिस गरिएको बताए ।
काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटकसम्म विजयी हासिल गरेका प्रकाशमान सिंहसँगै युवा नेता बाबुराम आचार्यलाई यस पटक प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।
सशस्त्र द्वन्द्व कालमा यातना भोगेका उनको नाम सिफारिस गरिएको कांग्रेसका युवा नेता सागर भट्टराईले बताए । पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका आचार्य अढाई दशकदेशी नेपाली कांग्रेसमा सकृय छन् । कांग्रेसभित्र फरक मत राख्दै आएका उनी समानुपातिक निर्वाचन प्रणाली, प्रदेश संरचना, जातीय राजनीति खारेज गरिनुपर्ने कित्तामा उभिँदै आएका छन् ।
यस्तै प्रत्यक्षतर्फ सिफारिसको सूचीमा रहेका कार्की र राई काठमाडौं क्षेत्र नम्बर १ बाट खुलातर्फ निर्वाचित महाधिवेशन प्रतिनिधि हुन् ।

Leave a Reply