थाइल्यान्ड–कम्बोडिया झडपमा नौ सैनिकको मृ*त्यु- थाई प्रवक्ता कोङ्सिरी

काठमाडौं । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु भएको छ । १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् ।

उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिक विस्थापित भएका छन् । उनीहरुले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको बताए । अहिलेसम्म ८४९ शिविरहरू स्थापना गरिएको उनले बताए ।

यसैबीच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको छ ।

थाइल्यान्ड सेनाका क्षेत्रीय कमान्डले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गरेको र झडप अझै जारी रहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *