प्रभु बैंकमा सीआईबीको अनुसन्धान चलिरहँदा सञ्चालक श्रेष्ठले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

कम्पनी सचिव अमित भण्डारीका अनुसार सञ्चालक श्रेष्ठ सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । उनले दिएको राजीनामा बुधवार बसेको सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ ।

सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्ता अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बुधवार बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई पनि सीआईबीले पक्राउ गरेको छ । उनीहरूमाथी बैंकिङ कसूरमा अनुसन्धान भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *