किसानलाई दूधमा दश रुपैयाँ अनुदान

तनहुँ । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले रकम प्रदान गर्नेछ ।

नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ तोकिएको छ ।

यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य १ सय १५ रुपैयाँ, थोक बिक्री मूल्य १ सय ३० रुपैयाँ र खुद्रा बिक्री मूल्य १ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *