एमाले अध्यक्ष ओली आज सम्पादकहरु भेट्दै, फरक विषय उद्घोष हुने अपेक्षा

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग भेट्दैछन् । प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे कार्यक्रम तय भएको हो ।

शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्दै छन् । एक एमाले नेताका अनुसार उनी आमअपेक्षा भन्दा फरक विषय सार्वजनिक गर्ने मनस्थितिमा छन् ।

अध्यक्षका अर्का प्रत्यासी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादक भेटघाट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *