एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकः १४ समितिको तयारी ब्रिफिङ हुने

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक अहिले बिहान ८ बजे बस्दैछ ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।

‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ,’ गौतमले भन्नुभयो, ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितीका तर्फबाट पनि सुझाव दिइने छ ।’

मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।

आज १४ वटै समितिका संयोजकहरुले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरुलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *