
रूपन्देही । दाङको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको ना८ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको छ । आज बिहान करिब ३ बजे भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् ।
दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरीसमक्ष बस चालकले दिएका छन् ।

Leave a Reply