
काठमाडौँ । बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजे भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
जीतपुरबाट वीरगंज जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल डिभाइडरमा ठोक्किँदा जितपुर–सिमरा उपमहानगरपालिका, बकुलिया निवासी २५ वर्षीय विनय चौधरीको मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि बसेका राकेश पासवान घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले तत्काल दुवैलाई उद्धार गरी बयोधा अस्पताल पुर्याएका थिए । चौधरीको मृत्यु घोषणा भएको थियो भने पासवानको उपचार जारी छ।

Leave a Reply