
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यता (नयाँ तथा नवीकरण) सम्बन्धी उजुरीहरूको छानबिन गर्न गठन गरिएको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा ५ जना मनोनीत गरिएको छ ।
बुधवार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्य मनोनीत गरिएको जनाएका छन् ।

छानबिन समितिको संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादवलाई मनोनीत गरिएको छ । त्यस्तै सदस्यहरूमा शिवप्रसाद हुमागाँइ, प्रा.डा. गोविन्दराज पोखरेल,अजयवावु शिवाकोटी र शान्ति परियार वि.क. लाई मनोनीत गरिएको छ।
संयोजक यादव र सदस्य विक देउवा निकट हुन् । हुमागाईँ सिटौला निकट हुन् भने डा। पोखरेल शेखर निकट हुन् । अजयबाबु गगन निकट हुन् ।

Leave a Reply