प्रधानमन्त्री कार्कीले  नक्कली जेनजीसँग वार्ता गरेको ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौं  ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले नाटक र चटक गरेको बताएका हुन् ।

‘प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गर्दै छिन् । संयोजक भनिएका मान्छेको उमेर   ३६ देखि ३८ वर्षका छन्।जसलाई   प्रधानमन्त्री स्वयम  आफैले खडा गरेकी हुन् ’ उनले लेखेका छन्, ‘यदि असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु  अस्पतालमा शय्यामा  गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस्।’

अहिले प्रधानमन्त्रीसँगको सम्झौता पछि जेनजीभित्र पनि समर्थन र विरोधका आवाजहरू सुनिन थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *