
काठमाडौं । भन्सार एजेन्ट महासंघको आन्दोलनका कारण ठप्प भएको विराटनगर भन्सारलगायत देशभरका भन्सार कार्यालयमा जाँचपासको काम सुरु भएको छ ।
भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि आन्दोलन रोकिएको हो । आन्दोलनस्थगित भएपछि भन्सार जाँचपासको काम सुरु भएको छ ।
भन्सार ऐनमा गरिएको संसोधनले भन्सार एजेण्ट र उद्योगी व्यवसायीलाई दण्ड जरिवाना लगाएको भन्दै एजेण्टहरुले पेन डाउन गर्दा मंगलबारदेखि भन्सार कार्यालयको काम ठप्प भएको थियो ।
भन्सार एजेण्टहरुले काम थालेसँगै जाँचपासको काम सुरु भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता एवम् भन्सार अधिकृत विमल साहले जानकारी दिए ।
विराटनगर भन्सार कार्यालयबाट दैनिक करिब ३ सय प्रज्ञापनपत्र मार्फत् साढे ३ सय गाडी छुट्ने गरेका छन् ।

Leave a Reply