राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिसहित पहिचान पक्षधर चार पार्टीबीच एकता भएको छ।  रामुपाको दीर्घकालीन कार्यदिशालाई साझा आधारका रूपमा स्वीकार गर्दै आज एकता घोषणा भएको हो।

राष्ट्रिय मुक्ति पार्टी नेपालमा समाहित हुनेमा नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला सङ्घर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपाल रहेका छन्।

एकता प्रक्रियाले बहुल राष्ट्रवाद, स्वशासनको अधिकार र राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ समन्वित, सङ्गठित र उन्नत दिशातर्फ अघि बढाउने राजनीतिक प्रतिबद्धता स्पष्ट रूपमा अभिव्यक्त गरेको अध्यक्ष महतोले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *