
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी ओली भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।
११ औँ महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेको पोखरेलले पत्रकारहरूसँगको अन्तरक्रियामा आयोगमाथि प्रश्न उठाएपनि बोलाएको बेलामा अध्यक्ष केपी ओली बयानका लागि जानुपर्ने बताए।
उनले भने, ‘सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होलान् तर त्यो आयोगमा बयान दिनुपर्ने कुरा स्वाभाविक हो, बयान दिन जानुपर्छ। म भएको भए अझै अगाडि नै जान्थेँ होला भन्ने लाग्छ, अवज्ञा गर्ने कुराले राम्रो हुँदैन।’
उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्षता हुनेका आशङ्का व्यक्त गरे।

Leave a Reply