
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिस्टले आगामी महाधिवेशनबाट पार्टी पुनर्गठन हुने विश्वास व्यक्त गरेका छन् ।
आगामी महाधिवेशनबारे धारणा राख्दै समयको मागअनुसार नेतृत्व परिवर्तनको पक्षमा उभिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
उनले भने, ‘हामीले नेतृत्वमा दुई कार्यकाल तोक्यौँ तर आफ्नो आवश्यकताले राख्ने, नत्र हट्नेजस्ता प्रवृत्ति पार्टीभित्र देखा परे । राजनीतिमा परिवर्तन चाहनेहरूप्रति आशा जगाइराख्न, नयाँहरूलाई अवसर दिनको लागि हामीले कार्यकालको व्यवस्था लागू गर्नुपर्छ ।’
विधान महाधिवेशनले दुई कार्यकालको व्यवस्था हटाएपनि यो महाधिवेशनले कायम राखेर नेतृत्व हस्तान्तरणको ढोका खोल्नुपर्ने जिकिर गरे । उनले आन्दोलनमा युवापुस्ताको सहभागिता घटेको भन्दै नयाँ नीति निर्माण गर्नुपर्ने बताए ।

Leave a Reply