स्वार्थको लागि राजा बोक्ने राप्रपासँग समेत गठबन्धन गरेको विषयमा गम्भीर समीक्षा हुनुपर्छ: गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले १० औँ महाधिवेशनपछि पार्टीले गरेको निर्णय र कामबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

महाधिवेशन र तयारीबारे बोल्दै उनले पार्टी नेतृत्वले गएको निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गरेको विषय कोट्याए।

उनले भने, ‘१० औँ महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र सांगठानिक अवसरवादलाई परास्त गरौँ। जबजको मार्ग निर्देशनमा समाजवादको आधार तयार गरौँ। तर गएको निर्वाचनमा जसले संवैधानिक राजसंस्थालाई मूल्य र मान्यता ठान्ने राप्रपासँग मिलेर समेत चुनाव लड्ने अवसरवाद देखायौँ।’

उनले सरकारमा जानको लागि पनि जोसुकैसँग, जस्तोसुकै बेलामा मिल्न सक्ने प्रवृत्ति पार्टीमा देखिएको भन्दै आलोचना गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *