चन्द्र भण्डारीले गरे पार्टी सभापतिमा उम्मेदारी घोषणा

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। नेता भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।

गुल्मी २ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। उनी कांग्रेसभित्र स्वच्छ छवि र प्रष्ट विचार राख्ने नेताका रुपमा लोकप्रिय नेता हुन्।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म-जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ,’ उनले भनेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *