
काठमाडौं । गत मंसिर १८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अस्ट्रेलिया र न्युजिल्यान्डमा रिलिज हुने भएको छ। अस्ट्रेलिया र न्युजिल्यान्डमा डिसेम्बर ११ बाट रिलिजमा आउन लागेको यो चलचित्रले पाँचभन्दा बढी शो पाएको निर्माताको दाबी छ।
‘अभिमन्यु : च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ। दर्शकको चाप उच्च भएमा शो अझै थपिनेछ’,अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने।
‘नेपालमा हाम्रो चलचित्रले समिक्षकहरूबाट उत्कृष्ट समिक्षा पाएको छ। यसको प्रभाव डायस्पोरा मार्केटमा पनि देखिने हाम्रो विश्वास छ। विदेशी मार्केटमा नेपाली चलचित्रले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा हो,’चौलागाईंले सुनाए।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर–१’ दाइजो प्रथाको कथा भन्छ । मुकेश खनालको लेखन रहेको यो चलचित्रलाई निर्माता विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता कामेश्वर चौरासियाले मुख्य भुमिका निभाएका छन् ।

Leave a Reply