सर्वोच्चको आदेशपछि हितेन्द्र- आहतमा राहत पाएँ

काठमाडौं । सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरेपछि हितेन्द्रदेव शाक्यले आहतमा आफूले राहत पाएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको आदेशपछि नेपाल प्रेसलाई छोटो प्रतिक्रिया दिँदै उनले आफूले न्याय पाएको अनुभव भएको भनदै भदौ २४ मा भएको ठूलो आहातमा राहत पाएको महसुस भएको बताएका हुन् ।

आफूले जानेको काम सबै क्षमता लगाएर गर्ने उल्लेख गर्दै उनले अहिले काम गर्नुपर्ने जरुरत झन् बढेको बताए ।

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको थियो ।

आज सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको थियो ।

जेनजी आन्दोलनपछि कुलमान घिसिङ मन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो । त्यसपछि उनी सर्वोच्च गएका थिए ।

कुलमान घिसिङ ऊर्जामन्त्री बनेलगत्तै शाक्यलाई आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।

अदालतले पत्र दिएपछि प्राधिकरण गएर काम गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *