
काठमाडौं । सर्टमुभी तथा म्युजिक भिडियो निर्देशक सुहाङ कुलुङको निर्देशनमा ‘म तिमीबिना अधुरो…’ बोलको गीतको छायाङ्कन सुरु भएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको सुनसरीको वराहक्षेत्रस्थित कोशी किनारमा म्युजिक भिडियोको छायाङ्कन सुरु गरिएको निर्देशक कुलुङले बताए ।
माया प्रेम र विछोडको भाव रहेको गीतलाई स्थानीय पर्यटकीय क्षेत्र र कोशी नदीको प्राकृतिक वातावरणमा छायाङ्कन सुरु गरिएको निर्देशक कुलुङको बताए । गीतमा गायक तिलक राईको स्वर रहेको छ भने गीतको रचना गायक राईले आफैं गरेका छन् ।
गीतको एरेन्ज एकराज सेम राईले गरेका छन् । मिक्सिङ र मास्टरिङ वनपिस रेकर्डिङ स्टुडियोमा गरिएको छ । गीतको छायाङ्कन पेन्जी योङले गर्दैछन् ।
म्युजिक भिडियोमा वराहक्षेत्रका स्थानीय कलाकार हिमाल राई र सुप्रिया पुरी देखिनेछन् । स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै उनीहरुको प्रतिभालाई दर्शकसामु ल्याउने चाहेको निर्देशक कुलुङले बताए ।

Leave a Reply