
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले देशको प्रकृति, संस्कृति र प्रविधिको कुरा गर्ने सिद्धान्त ‘हर्कवाद’ भएको बताएका छन् ।
मुलुकको शासकीय संरचनासँग मिल्दाजुल्दा केही नयाँ कुराको फेहरिस्त सुनाएर आफ्नो पार्टीको मुख्य सिद्धान्तका रुपमा ‘हर्कवाद’ लाई व्याख्या गरेका
उनले काठमाडौंको सिफलचौरस्थित सभामा ‘हर्कवाद’ यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधि कुरा गर्ने एउटा सिद्धान्त भएको बताए ।
हर्क साम्पाङको पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’, यस्ता छन् एजेन्डा
हर्कवाद भनेको के हो भनेर पत्रकारले अपमानजन्य भाषामा सोधेको बताउँदै साम्पाङले भने- ‘विदेशी वाद पढेर फलाना फलानालाई मार्नुपर्ने, जातको कुरा गरेर भिडन्त गरेर नेपाली जनताको रगतमा टेक्दै गएर सत्ताको कुर्सीमा बस्ने वाद होइन यो । प्रकृति, संस्कृति र प्रविधिको अन्तरसम्बन्ध नै जीवन हो । यसको समुचित र सन्तुलित विकासले मात्रै मानव र जगतको उन्नति गर्छ भन्ने वाद हो यो ।’

Leave a Reply