ईश्वरको छुट्टै दस्ताबेज तयार, ओलीलाई बुझाउन च्यासल जाँदै

काठमाडौं । एमालेको भावी अध्यक्षका लागि मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका छन् ।

आफूले तयार पारेको दस्ताबेज बोकेर पोखरेल केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल जाँदैछन् । यसका लागि दिउँसो ३ बजे समय तय भएको एक नेताले बताए ।

ओलीसहित संस्थापन पक्षका नेताहरूले महाधिवेशनमा नीतिबारे कुनै छलफल नहुने बताइरहेका बेला जेन-जी आन्दोलनपछि राष्ट्रिय राजनीतिक परिवेश बदलिएको निष्कर्षसहित पोखरेलले काउन्टर दस्ताबेज पेश गर्न लागेका हुन् ।

ओलीलाई उक्त प्रस्ताव देखाएर महाधिवेशनको हलमा प्रस्तुत गर्ने जानकारी गराउने ती नेताले बताए ।

पोखरेलले भदौ २३-२४ पछि र अघिको राजनीतिक परिवेश, पार्टी लोकतान्त्रिकरण र पुनर्गठन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबस्तु समेटेका छन् ।

गोदावरीको विधान महाधिवेशन र त्यसपछिको केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रस्ताव अहिले सान्दर्भिक नभएकाले नयाँ ढंगबाट अघि बढ्नुपर्ने पोखरेल समूहको निचोड छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *