महाधिवेशनको तयारी सन्दर्भमा व्यवस्थापन समिति सचिवालयको बैठक

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ।

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल र समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा शुरु हुँदै छ। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेका छन् ।

समग्र तयारीको अवस्था बारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालय अर्को बैठक मंसिर २५ गते बस्ने ढुङ्गेलले जानकारी दिए । ‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय बैठक अन्तिम बैठक हुने छ,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *