सुदूरपश्चिमका क्रिस लिन र जाेस ब्राउन एनपीएलकाे प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

काठमाडाैं । सुदूरपश्चिम राेयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जाेस ब्राउनले एनपीएलकाे प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएकाे राेयल्सले जनाएकाे छ ।

राेयल्सकाे छैटाैं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । उनले बिराटनगर विरूद्ध समूह चरणकाे अन्तिम म्याच खेल्न सकेनन् । चाेटकै कारण उनी प्लेअफबाट बाहिरिएकाे राेयल्सले जनाएकाे छ ।

जाेस ब्राउन भने बिग ब्यासका लागि गएकाे हुन् । यी दुवै ब्याटरकाे अनुपस्थितिले सुदूरपश्चिमकाे टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *