अंक तालिकाको पुछारमा रहँदै साबिक विजेता जनकपुरले टुंग्यायो दोस्रो एनपीएल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।

आइतबार भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए पनि जित दिलाउन सकेनन् । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाएको थियो ।

योसँगै कर्णालीले २ जित र ५ हारसहित छैटौँ स्थानमा रहँदै दोस्रो सिजनको एनपीएललाई टुंग्याएको छ ।

साबिक विजेता जनकपुर बोल्ट्स अंक तालिकाको पुछारमा रहँदै एनपीएल टुग्याएको छ । जनकपुरले एक खेल मात्रै जित्न सक्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *