
काठमाडौं । पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण १० जना सचिवलाई पनि अभियोग लागेको छ ।
अभियोग लाग्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे रहेका छन् भने दोस्रोमा सुरेशमान श्रेष्ठ रहेका छन् । घिमिरे नेपाल वायु सेवा निगमको अध्यक्ष समेत भइसकेका छन् । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको कार्यदलको संयोजक समेत घिमिरे थिए । श्रेष्ठ अहिले बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष समेत हुन् । उनलाई भ्रष्टाचारको मुद्दा लागेसँगै उनी निलम्बनमा परका छन् ।
यस्तै अभियोग लागेका पूर्वसचिवमा पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जनकृष्ण अर्याल र मोहनकृष्ण सापकोटा र सुरेश आचार्य रहेका छन् । उनीहरू तीनै जना सचिवबाट अवकाशमा गइसकेका छन् । सापकोटा पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
यस्तै अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा, तत्कालीन सहसचिव एवं पूर्व अर्थ सचिव मधुकुमार मरासिनी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, भन्सार विभागमा तत्कालीन महानिर्देशक एवं पूर्वसचिव सूर्यप्रसाद आचार्य र सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार (सचिव) डा.रामकृष्ण तिमल्सेना रहेका छन् । तिमिल्सेना समावेशी आयोगको अध्यक्ष भएर समेत उमेर हदका कारण अवकाशमा गइसकेका छन् ।
उनीहरू १० जना पूर्वसचिवलाई नै जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो दाबी सहित मुद्दा दायर गरिएको छ ।

Leave a Reply